गण्डकीका ४५ हजार ७ सय बढी विद्यार्थीले एसईई दिने « Khabarhub

गण्डकीका ४५ हजार ७ सय बढी विद्यार्थीले एसईई दिने


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– यस वर्षको एसईई परीक्षामा गण्डकी प्रदेशबाट ४५ हजार ७ सय ९६ परीक्षार्थी सहभागी हुँदै छन् । शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका अनुसार परीक्षाका लागि प्रदेशका ११ जिल्लामा २०४ परीक्षा केन्द्र तोकिएको छ ।

निर्देशनालयका अधिकृत खेमराज पौडेलका अनुसार परीक्षार्थीमध्ये नियमिततर्फ ३७ हजार १५, प्राविधिक तर्फ (नियमित) १३९० र ग्रेडबृद्धिका लागि ७ हजार ३ सय ९१ छन् । 

परीक्षार्थीमा सबैभन्दा बढी कास्कीमा ११ हजार ६० जना र सबैभन्दा कम मनाङमा जम्मा ४६ जना छन् । यसैगरी नवलपुरमा ६ हजार ४ सय २२, तनहुँमा ६ हजार ३ सय २, स्याङजामा ४ हजार ९ सय ७६, बागलुङमा ४ हजार ८ सय ६७ विद्यार्थी परीक्षामा सहभागी हुदैछन् । 

त्यस्तै गोरखामा ४ हजार ४ सय ६२, लमजुङमा २ हजार ९ सय ४१, पर्वतमा २ हजार ३ सय ५, म्याग्दीमा २ हजार २ सय १६ र मुस्ताङमा १९९ जना एसईईमा सहभागी हुने पौडलले बताए ।

गोरखामा २३, मनाङ र मुस्ताङमा १/१, लमजुङमा १६, कास्कीमा ३६, तनहुँमा २६, स्याङजामा २४, म्याग्दी र पर्वतमा ९र९, बागलुङमा ३१ र नवलपुरमा २८ परीक्षा केन्द्र तोकिएका छन्। 

परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न २०४ केन्द्राध्यक्ष, ४०९ सहायक केन्द्राध्यक्ष, २ हजार ३ सय ९० निरीक्षक, ५५६ परीक्षा सहायक, एक हजार ५ जना कार्यालय सहयोगी र ३ हजार ६० जना सुरक्षाकर्मी परिचालन हुनेछन् । 

निर्देशनालयका अनुसार गोरखाका १४०, मनाङका ४, लमजुङका एक सय, कास्कीका २९३, तनहुँ र स्याङजाका समान १७७, मुस्ताङका १२, म्याग्दीका ७६, बागलुङका १५३, पर्वतका ९२ र नवलपुरका १५० गरी १ हजार ३ सय ७४ सामुदायिक र संस्थागत विद्यालय परीक्षामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ५५ बजे

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्