स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण | Khabarhub Khabarhub

स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन गर्दै दूरसञ्चार प्राधिकरण


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण समिति गठनको लागि आह्वान गरेको हो।

प्राधिकरणले ०७० मा आधारभूत टेलिफोन सेवाको लागि दिएको सो कम्पनीको अनुमतिपत्र स्वतः खारेज भएकोले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठनका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

समिति गठन गर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चाटर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र सोही क्षेत्रमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको व्यक्तिले आवेदन गर्नसक्ने प्राधिकरणको सूचनामा उल्लेख छ । 

साथै प्राधिकरणले ७ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने पनि जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १ : ३२ बजे

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति