कृष्ण सिटौला भन्छन्- ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे « Khabarhub

कृष्ण सिटौला भन्छन्- ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरे


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको बताएका छन् ।  

सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सिटौलाले सरकारले स-सम्मान बिदाइ गरेको पूर्वराजा ज्ञानेन्द्रले केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनीय विषय नभएको र जनता भड्काउने काम गरेको बताएका हुन् ।

उनले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु नै उचित हुने जिकिर गरे । तत्कालीन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेन्टी गरेको उनले स्मरण गरे  । 

उनले जनतासामु राजनीतिक खेलाडीको रूपमा मैदानमा आए भन्न सक्नुपर्ने तर राजा आउँछ भनेर जनतालाई भड्काउने काम गर्न नहुने बताए । 

उनले यस विषयमा राजनीतिक दृढता नआएकाले सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला आएको धारणा राखे । सिटौलाले संविधान जारी भइसकेपछि अहिलेसम्मको अवस्थामा आइपुग्दा सबै दलले आलोपालो सरकारको नेतृत्व गरेकाले अव संविधानको कार्यान्वयनको समीक्षा गर्ने बेला भएको बताए । 

उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका विषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने विषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे । सिटौलाले जनताको आवश्यकताका आधारमा अव संविधान संशोधन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  २ : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल