युक्रेनबारे ट्रम्प र पुटिनबीच मंगलबार छलफल हुने  « Khabarhub

युक्रेनबारे ट्रम्प र पुटिनबीच मंगलबार छलफल हुने 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनबारे वार्ता गर्न लागेको बताएका छन् । 

अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच साउदी अरबमा भएको वार्तापछि ट्रम्पको भनाइ आएको छ । युक्रेनले साउदी अरबमा सम्पन्न बैठकपछि अमेरिकाको ३० दिने युद्ध विरामको प्रस्तावमा सहमति जनाएको छ । 

‘मलाई लाग्छ कि हामी जमिनको मुद्दामा कुराकानी गर्छौँ । किनकि तपाईँहरू जान्नुहुन्छ कि युद्ध सुरु भएपछि अहिलेसम्म धेरै ठूलो परिवर्तन आइसकेको छ । हामी ऊर्जा संयन्त्रका बारेमा पनि छलफल गर्छौँ,’ ट्रम्पले भनेका छन् ।  

अमेरिका पछिल्लो केही समयदेखि रूस र युक्रेनबीच युद्ध विराम गराउन प्रयासरत छ । जनवरी २०२५ मा राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेका छन् । 

त्यसयता उनले रूसी राष्ट्रपति पुटिनसँग एक पटक कुराकानी गरिसकेको छ । भोली हुने भनिएको दुई राष्ट्रपतिबीचको कुराकानी दोस्रो पटक हो । –बीबीसीबाट

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ४ : ४७ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय