लाइसेन्सको तयारीले कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे | Khabarhub Khabarhub

लाइसेन्सको तयारीले कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिने बढे


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ ।

प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि ६ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैँ खोजी गर्दै करिब तीन दर्जन प्रशिक्षार्थी आएको समितिले जनाएको छ ।

प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । ज्योतिष प्रशिक्षण लिन जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ ।

‘कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । कर्मकाण्ड प्रशिक्षण लिने धेरै भने ब्राह्मण समुदायका हुने गरेका छन्’, ढुङ्गेलले भने । उनका अनुसार ६ महिने प्रशिक्षणको १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यसमा थप परीक्षा शुल्क पनि लाग्ने छ ।

कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि लाइसेन्स उपयुक्त हुने भएकाले सोहीअनुसार तयारी भइरहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । उनका अनुसार पुराण वाचन गर्न चाहने पण्डितका लागि वाल्मीकि विद्यापीठले यही चैतदेखि एक वर्षे प्रशिक्षण सुरु गरेको छ ।

यो प्रशिक्षणमा भाग लिन आउनेको पनि सङ्ख्या बढेको छ । पुराण वाचन शास्त्रीय विधिअनुसार नभइरहेको गुनासो बढ्न थालेपछि विद्यापीठका प्राध्यापकहरूको सक्रियतामा यो प्रशिक्षण सुरु गरिएको वाल्मीकिका प्राचार्य अच्युतप्रसाद लामिछानेले बताए ।

उनका अनुसार दैनिक एक घण्टा एक वर्षसम्म प्रशिक्षण दिएपछि प्रशिक्षार्थीले शास्त्रीय विधिअनुसार पुराण वाचन गर्नसक्ने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ७ : २६ बजे

परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग विपिनको रिहाईका लागि पहल गरिदिन आग्रह   

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकाको दक्षिण र मध्य

रेमिट्यान्स योगदानमा मध्यपूर्वमा गएका श्रमिक अगाडि

काठमाडौं– नेपालको अर्थतन्त्रमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रेमिट्यान्समा

पोखराको बेलुन विस्फोट घटनाबारे छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

पोखरा– ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको

विप्लव भन्छन्- अन्तर्राष्ट्रिय शक्तिले खेलेका कारण राजतन्त्रको विषय चर्चामा आयो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तर्राष्ट्रिय

जनमतको दाबी- अध्यक्ष रञ्जिता पनि पार्टी एकताको पक्षमा हुनुहुन्छ   

काठमाडौं– डा. सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीकी