ऋतिकको ‘वार-२’ अगस्टमा प्रदर्शन हुने पक्का « Khabarhub

ऋतिकको ‘वार-२’ अगस्टमा प्रदर्शन हुने पक्का


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक ऋतिक रोशन स्क्रिप्ट छानेर मात्रै फिल्म गर्छन् भन्ने गरिन्छ । यही कारण उनलाई ‘चुजी’ नायक पनि भनिन्छ ।

उनी वर्षमा मुस्किलले एक फिल्म गर्छन् । सन् २०२४ को सुरुवातमा उनको फिल्म ‘फाइटर’ प्रदर्शनमा आएको थियो ।

उनको नयाँ फिल्म प्रदर्शनमा नआएको एक वर्षभन्दा बढी समय भइसकेको छ ।

यो बीचमा उनी खाली भने बसेका छैनन् । सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘वार’को सिक्वेल ‘वार-२’को छायाङ्कनमा व्यस्त थिए ।

‘वार–२’मा ऋतिक र दक्षिण भारतीय नायक जुनियर एनटीआरले सहकार्य गर्दैछन् । फिल्मको नायिका भने कियार एडभानी हुन् ।

केही सयमदेखि यो फिल्म प्रदर्शन मितिबारे अन्योलता देखिएको थियो । यसको कारण ऋतिक नै हुन् ।

यस फिल्मका लागि नृत्य अभ्यास गर्दा उनको खुट्टा ‘फ्याक्चर’ भएको थियो । चिकित्सकले उनलाई खुट्टामा भार पर्ने काम गर्न सुझाव दिएका थिए ।

यही कारणले फिल्म पूर्वनिर्धारित मितिमा आगामी १४ मा नहुने र्‍युमर फैलिएको हो । फिल्म प्रचारमा ऋतिक सहभागी हुन नसक्ने भन्दै प्रर्दशन मिति हेरफेर हुने चर्चासमेत थियो ।

भारतीय मिडिया आजतकले स्रोतको दाबी गर्दै फिल्मको छायाङ्कन पूरा भएको उल्लेख गरेको छ । फिल्मको एक गीतको भने छायाङ्कन प्रभावित भएको उनको दाबी छ । उक्त गीतको छायाङ्कन मे महिनामा हुने बताइएको छ ।

निर्माण कम्पनी यशराज ब्यानरले सामाजिक सञ्जालमार्फत पूर्वनिर्धारित मितिमै ‘वार–२’ विश्वव्यापीरुपमा प्रदर्शनमा आउने जानकारी दिएको छ ।

हाल यस फिल्म सम्पादन भइरहेको आजतकले उल्लेख गरेको छ । उसकाअनुसार चाँडै नै फिल्मको टिजर सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १ : ५१ बजे

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने