नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव : प्रचण्ड « Khabarhub

नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव : प्रचण्ड


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा राजतन्त्र पुनर्स्थापना असम्भव भएको दावी गरेका छन् । 

२७औँ सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ नाम दिएर मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा उनले उक्त दावी गरेका हुन् । 

‘नेपालमा राजतन्त्र पुनर्स्थापना त असम्भव छ । बरु यो बहसले समाजवादको यात्रा फराकिलो पार्ने मद्दत गर्ने छ भन्ने मैले विश्वास हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने । 

उनले राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाका लागि भनेर सुरु गरेको आन्दोलनले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउने पनि जिकिर गरे ।
 
‘अहिले जुन डिबेट सुरु भएको छ, मेरो विचारमा यो डिबेटले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन, समाजवादी क्रान्तितिर अग्रसर हुनका लागि नयाँ विचार, नयाँ सिद्धान्त, नयाँ रणनीतिको खोजी गर्ने अवसर हुनेछ,’ प्रचण्डले भने ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : १० बजे

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले

बर्नह्यामको पहिलो अन्तर्राष्ट्रिय भ्रमण युक्रेनमा

एजेन्सी- बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका