निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्‍यो नेप्से « Khabarhub

निरन्तर ओरालो शेयर बजार, २७ सय तल झर्‍यो नेप्से


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो साता ८१.९५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता पनि निरन्तर ओरालो दिशामा छ । आइतबार देखि निरन्तर घटेको नेप्से आज मंगलबार पनि ७.६६ अंकले घट्यो ।

मंगलबार नेप्सेमा आएको गिरावटसँगै नेप्से २७ सय बिन्दु तल २६९७.०४ मा पुगेको छ । नेप्सेमा गिरावट आएसँगै आज भएको शेयर कारोबारमा १५२ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ५ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल भएन ।

आज नेप्से घटेसँगै अन्य उपसमूह बाहेक सबैको सूचक घट्न पुगेको छ । तरपनि आज नेप्सेमा भएको शेयर कारोबारमा महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । त्यस्तै, आजको शेयर कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।

आज नेप्सेमा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर खरिद बिक्री भएको थियो । आजको शेयरबजारसँगै नेप्सेको पुँजीकरणमा ०.२८ प्रतिशतले गिरावट आएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : १४ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६