रेमिट्यान्स योगदानमा मध्यपूर्वमा गएका श्रमिक अगाडि « Khabarhub

रेमिट्यान्स योगदानमा मध्यपूर्वमा गएका श्रमिक अगाडि

एशिया क्षेत्रबाट २४ र उत्तर अमेरिकाबाट १३ प्रतिशत रेमिट्यान्स


४ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अर्थतन्त्रमा सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको रेमिट्यान्समा मध्यपूर्व क्षेत्रमा रोजगारीको लागि गएका श्रमिकको भूमिका सबैभन्दा ठूलो देखिएको छ । मध्यपूर्वी खाडी क्षेत्रमा रोजगारी गर्न गएका नेपालीले सन् २०२३-२४ मा सबैभन्दा धेरै रेमिट्यान्स नेपाल पठाएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको ‘नन–बैंक फाइनान्सियल इन्स्टिच्युसन सुपरभिजन रिपोर्ट २०२३-२४’ अनुसार सन् २०२३-२४ मा नेपालमा १२ खर्ब ९२ अर्ब रेमिट्यान्स भित्रिएको थियो । जुन अघिल्लो वर्ष भित्रिएको रेमिट्यान्स रकमको तुलनामा ६.६८ प्रतिशतले धेरै हो ।

समीक्षा अवधिमा नेपालमा भित्रिएको कुल रेमिट्यान्समध्ये सबैभन्दा धेरै अर्थात् ४१.८८ प्रतिशत मध्यपूर्वमा श्रम गर्न गएका श्रमिकहरूले पठाएका थिए । सोही अवधिमा एशियन क्षेत्रका विभिन्न मुलुकबाट नेपालमा २४.६३ प्रतिशत रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सोही अवधिमा उत्तर अमेरिका बाहेक विश्वका अन्य क्षेत्रका मुलुकहरूबाट २०.२४ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो भने उत्तर अमेरिकाबाट १३.२५ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो ।

राष्ट्र बैंककाअनुसार पछिल्लो समयमा बैंक तथा फाइनान्सियल संस्थाबाट रेमिट्यान्स भित्रिने परिमाणमा वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ५ : २३ बजे

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध