राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्ने | Khabarhub Khabarhub

राजावादीको सक्रियता बढेपछि कांग्रेसले बोलायो बैठक, ठोस धारणा सार्वजनिक गर्ने


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा बनाउन प्रमुख सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले गत फागुन २५ गतेदेखि बढ्न थालेको राजावादीको आन्दोलनबारे पार्टीको धारणा तय गर्त चैत १० गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय भएको जानकारी दिए । ‘१० गते कार्यसम्पादन समितिको बैठक बस्ने र समग्र विषयमा समीक्षा गरेर हामी केही निर्णयहरू पनि गछौँं,’ उनले भने ।

प्रवक्ता महतले पदाधिकारी बैठकमा राजावादीको पछिल्लो चलखेलबारे सामान्य समीक्षा भएको पनि जानकारी दिए । उनले कार्यसम्पादन समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिने बताए ।

‘सामान्य समीक्षा भयो नै । संविधान हामीले निर्माण गरेका हौँ । जनाताले नै निर्माण गरेको हो । जनताद्वारा निर्वाचित दुईतिहाइभन्दा बढी झण्डै ९० प्रतिशत निर्वाचित प्रतिनिधिले संविधान निर्माण गरेको हो,’ महतले भने, ‘जनताले बनाएको संविधानबाट यो सरकार सञ्चालित छ । उपलब्धिको रक्षा गर्ने कुरा हो । यसमा द्विविधा छैन । १० गते बस्ने बैठकमा हामी यस विषयमा थप समीक्षा गर्छौँ । हामीले कसरी आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने कुरामा अवश्य पनि त्यहाँ छलफल हुने छ ।’

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : १८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य बढेकाे छ । आज

धारिलो हतियार प्रहारबाट दुई बालबालिकाको हत्या 

चितवन– एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र

सरकार बनाउने-भत्काउनेतिर माओवादीको ध्यान छैन : प्रचण्ड 

धनगढी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने

जलवायु परिवर्तनले मानवको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै