प्रचण्डको दाबी- ज्ञानेन्द्र आफैंले राजतन्त्र ढाल्न सहयोग गरेका थिए « Khabarhub

प्रचण्डको दाबी- ज्ञानेन्द्र आफैंले राजतन्त्र ढाल्न सहयोग गरेका थिए


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजसंस्था फर्काउने मुर्खता नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् ।

२७औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आज यहाँ आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०८१ कार्यक्रममा उनले अहिले यस्तो बताएका हुन् ।

पछिल्लो केही दिनयता पूर्वराजाप्रति आक्रोश पोख्दै आएका उनले कुनै पनि पश्चगामी कदम चाले जनताले नछाड्ने बताए ।

‘देशलाई पछाडि फर्काउन असम्भव छ । पहिलेका राजा महाराजाहरूलाई देशले इतिहासको विषय बनाइसकेको छ । नेपाली जनताले, नेपालको संविधानले इतिहासमा लगिसकेकाले पूर्वराजाले अर्को मुर्खता नगरून्’, उनले भने, ‘नेपाली जनता र दलले पनि उदारतापूर्वक चालेका कदमहरूमा संयमित भएर बस्नुको साटो फेरि एक पटक दुस्साहस गरिँदै छ । यदि दुस्साहस गरिए त्यसको परिणाम निक्कै गम्भीर हुनेछ ।’

उनले राजाबारेको यो बहसले नेपाललाई समाजवादी क्रान्तितिर लैजान काम गर्ने बताए । ‘अब राजतन्त्र फर्काउन असम्भव छ तर समाजवादको यात्रा भने सजिलो भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र आफैंले पनि राजसंस्था ढाल्न सहयोग गरे । जनयुद्ध र जनक्रान्तिमार्फत् गणतन्त्रको आधार तयार गरेका थियौँ’, उनले भने, ‘ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत् गणतन्त्र ल्याउन सहयोग गरे ।’

सात राजनीतिक दलमाथि दमन र नेताहरूलाई धरपकड नगरेको भए अझै केही वर्ष ज्ञानेन्द्र राजगद्धीमा रहन सक्ने प्रचण्डको अनुमान थियो । ‘भिलेनका रुपमा गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका महत्वपूर्ण छ’, उनले भने, ‘अब पनि पुरानै बाटोमा देशलाई फर्काउन खोजिए त्यो गम्भीर भूल हुनेछ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताए । प्रतिगामी कदमविरुद्ध माओवादीहरु एकताबद्ध भएर फेरि सङ्घर्ष गर्नुपर्नेमा उनले बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेखेको १० वटा पुस्तक विमोचन गरेका थिए । त्यस क्रममा अध्यक्ष दाहालले सांस्कृतिक सहिद परिवारका सदस्यलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ६ : ४८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको