ट्रम्पको युद्ध विराम प्रस्तावमा पुटिनका शर्त : विदेशी सहयोग रहेसम्म युक्रेन युद्ध नरोक्ने « Khabarhub

ट्रम्पको युद्ध विराम प्रस्तावमा पुटिनका शर्त : विदेशी सहयोग रहेसम्म युक्रेन युद्ध नरोक्ने

सैन्य र गुप्तचर सहयोग रोक्न माग, ऊर्जा केन्द्रमा आक्रमण रोक्न सहमत


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन शर्तसहित सहमत भएका छन्। साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्ध विरामको प्रस्तावलाई रुसले विभिन्न शर्तसहित अस्वीकार गरेको हो।

पुटिनले युक्रेनलाई गरिएको बाह्य सैन्य सहयोग रोकेर गुप्तचर सहकार्य नरोकिएसम्म युद्ध विरामको विषय अघि नबढ्ने बताएका हुन्।

युक्रेनका युरोपेली सहयात्रीले यसअघि नै यो प्रस्तावलाई अस्वीकार गरिसकेका छन्। यी दुवै नेता फेरि मध्यपूर्वमा वार्ता गर्न भने सहमत भएका छन्।

गत साता जेद्याहमा अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटमा अमेरिकी प्रतिनिधि मण्डलले युक्रेनलाई राखेको ३० दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरेपछि रुससँग ट्रम्पले वार्ता अघि बढाएका हुन्।


युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले ऊर्जा केन्द्रमा जोगाउने विषयमा सकारात्मक भए पनि पुरै विवरण नआएसम्म थप प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।

उनले अमेरिकासँग सम्पर्क गरेर रुसले अमेरिकासँग तथा अमेरिकाले रुससँग राखेको विषयको पूर्ण जानकारी लिनु उपयुक्त हुने समेत बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा वार्ता सकारात्मक र उत्पादक भएको उल्लेख गरेका छन्।

‘हामी ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्ध विराम गर्दै थप युद्ध विरामको विषयमा अघि बढेका छौँ,’ ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले धेरै विषयमा छलफल भएको तथा दैनिक हजारौँ सेना मारिने क्रम रहेको विषयमा पुटिन र जेलेन्स्कीकी दुवै सहमत रहेको विषय समेत उल्लेख गरेका छन्।

क्रेमलिनले यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको बताउँदै मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक भएको जनाएको छ।

ट्रम्पले राखेको लामो समयको युद्ध विरामका लागि अर्को चरणको वार्ता जटिल तर टिकाउ पूर्ण र लामो समय चल्ने प्रकृतिको हुनुपर्ने रुसले बताएको छ। रुस र अमेरिका बीचको अर्को द्विपक्षीय वार्ताको बारे सबै प्रस्ट भने भएको छैन।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ०८ बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको