अमरेशको चुनौती- भरिया होइन, २५ करोडका मालिक समातेर देखाउनू | Khabarhub Khabarhub

अमरेशको चुनौती- भरिया होइन, २५ करोडका मालिक समातेर देखाउनू


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा सुन र अवैध मुद्रा तस्करी प्रकरणमा भरियामात्रै समातिने गरेको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तस्करीको सामानका मालिक कहिल्यै नसमातिने विडम्बना भएको पनि बताएका छन्।

‘२५ करोड बराबरको विदेशी मुद्रासहित व्यक्ति समातिएको विषयमा यहाँ धेरै माननीयज्यूले कुरा उठाउनुभयो । माननीय गृहमन्त्रीज्यूपनि यहीँ हुनुहुन्छ, नेपालमा जहिल्यै भरिया मात्रै समातिन्छन् । मालिक किन समातिँदैनन् ?’, उनले सोधे, ‘मेरो आग्रह छ, मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको पैसा होइन । हिजो सार्वजनिक लेखा समितिको बैठक बसिरहेको थियो, मैले यो पैसा सुन तस्करको हो भनेको थिएँ ।’

पालमा यसअघिका विभिन्न सुन तस्करी काण्डका प्रतिवेदन सदनमा टेबुल गर्न पनि माग गरेका छन् । सरकारले विभिन्न प्रकारका काण्डमा रिपोर्ट बनाएर बाहिर ल्याउन नसकेको उनले गुनासो गरे।

गृहमन्त्री रमेश लेखकलाई मुलुकको पछिल्लो अवस्थाबारे पार्टीको बैठकमा भन्दा पनि सदनमा ब्रिफिङ गर्न पनि उनले सुझाएका छन् ।

पछिल्लो समय काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा जुलुस निस्किएको बताउँदै उता धनुषास्थित यादव चोकको नाममा गोली नै चलेको उल्लेख गरे ।

‘के देशमा अशान्ति भएको हो ?’, उनले सरकारलाई सोधे, ‘देशको राष्ट्रिय राजनीति र अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा जवाफ दिनुपर्छ । आजको दिनमा नेपालको सुरक्षा खतरामा रहेको देखियो । वैदेशिक सम्बन्ध पनि सबैसँग खराब रहेको छ ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ४९ बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति