जनार्दन शर्मा भन्छन्- वंशनाशले सकिएको राजसंस्था फर्किँदैन, नेताहरूले बोकेको राजतन्त्र चाहिँ अन्त्य गरौँ « Khabarhub

जनार्दन शर्मा भन्छन्- वंशनाशले सकिएको राजसंस्था फर्किँदैन, नेताहरूले बोकेको राजतन्त्र चाहिँ अन्त्य गरौँ


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले २०५८ जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् ।

बुधबार दिउँसो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने पनि जिकिर गरेका छन् ।

उपमहासचिव शर्माले बरू नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारलाई अन्त्य गर्नुपर्ने पनि बताएका छन् । उनले यस कामलाई सबै दलले कार्यान्वयन गर्नु आवश्यक रहेको जिकिर गरे ।

‘वंशनाससँगै समाप्त भएको राजतन्त्र फेरि फर्किँदैन । सार्वभौम भएका जनताले राजतन्त्र ल्याउने मुर्खता पनि गर्दैनन् भन्ने कुरा स्पष्ट गर्न चहान्छु’, उनले भने, ‘बरू समाजमा बाँकी रहेको राजतन्त्रात्मक सोच, शैली, प्रवृत्ति र व्यवहारलाई अन्त्य गर्नैपर्छ । हामी आफैँभित्रको राजतन्त्रलाई अन्त्य गर्नु लाग्नुपर्छ । आजको मुख्य काम यही हो ।’

आफूलाई राजतन्त्र फर्किन्छ भन्ने डर नरहेको बताउँदै तर नेता र नेतृत्व सुध्रिनुपर्ने उल्लेख गरे । ‘मलाई राजतन्त्र आउँछ भन्ने डर छैन । अब केवल नेता र नेतृत्वहरूले आ-आफ्ना कमजोरी स्वीकार गरेर सँच्चिन सक्छन् कि सक्दैनन् भन्नेमात्रै डर छ ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : ०० बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका