यो वर्ष नआउने भयो राजेश हमालको ब्याक फिल्म ‘नरसिंहा : अभतार’ « Khabarhub

यो वर्ष नआउने भयो राजेश हमालको ब्याक फिल्म ‘नरसिंहा : अभतार’


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश हमालको कम ब्याक फिल्म ‘नरसिंहा : अभतार’ पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नआउने भएको हो । यो फिल्मको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको थियो ।

दिवाकार भट्टराई निर्देशित यस फिल्म नायक राजेश हमालकै कारण पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नहुने भएको हो ।

‘कर्मा’ र ‘पीताम्बर’को प्रदर्शन मिति चैत २९ लाई तोकिएको छ । यी दुवै फिल्म उक्त मितिमा प्रदर्शनमा आउने निश्चित छ ।

‘नरसिंहा : अभतार’ टीमले ‘कर्मा’ र ‘पीताम्बर’पछि प्रदर्शन मिति तय गरेको हो । कर्मा टीमले मंसिर र ‘पिताम्बर’ टीमले पुस ५ गते प्रदर्शन मिति तोकेका थिए ।

‘नरसिंहा : अभतार’ टीमले भने पुस ११ गते प्रदर्शन मिति घोषणा गरेको थियो । पीताम्बरमा अहिलेका चल्तीका स्टार नायक प्रदीप र कर्मामा नायक विपीन कार्की केन्द्रीय भूमिकामा छन् ।

जुनियर नायकहरूको फिल्मसँग हलमा प्रतिस्पर्धाबाट गलत सन्देश जाने भन्दै राजेशले उक्त मितिमा ‘नरसिंहा : अभतार’ प्रदर्शन नगर्न निर्माण पक्षलाई दबाब दिएको बुझिएको छ ।

स्रोत भन्छ, ‘राजेश दाइले हामीले नै ढिला प्रदर्शन मिति तोकेको हो । हामी नै हट्दा उचित हुन्छ भनेर निर्माण टीमलाई भन्नुभएको छ ।’

यसका साथै राजेशले एकल प्रदर्शनका लागि उपयुक्त मिति खोज्न समेत निर्माण पक्षलाई सल्लाह दिएको बुझिएको छ ।

राजेशको भनाइलाई निर्माण टीमले आपत्तिको रुपमा नलिएको बुझिएको छ । ‘नरसिंहा : अभतार’ टीम फिल्मको प्रदर्शन मिति आगामी जेठ ९ तोक्ने तयारीमा रहेको छ ।अर्थात् यो वर्ष फिल्म प्रदर्शनमा नआउने निश्चित भएको छ ।

यस फिल्ममा राजेशसहित नायिका नीति शाह र नायक सरोज खनाल मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ३ : ०२ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ