ऊर्जामन्त्रीको जिकिर : कुलमानलाई ‘उज्यालो नेपालको नायक’ नभनौँ, अब घरमै लोडसेडिङ हुन सक्छ « Khabarhub

ऊर्जामन्त्रीको जिकिर : कुलमानलाई ‘उज्यालो नेपालको नायक’ नभनौँ, अब घरमै लोडसेडिङ हुन सक्छ


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको खुलाए ।

मुलुकभित्रको उत्पादन करिव एक हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको दाबी उनले गरेका हुन् ।

मन्त्री खड्काले यसअघि लोडसेडिङको औपचारिक अन्त्य भए पनि उद्योगमा विदुयत् कटौती रहेको बताए ।

भारतबाट विद्युत् आयात गरेर धान्न सक्ने अवस्था अब नरहेको पनि खड्काले दाबी गरेका छन्।

मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाटमध्ये विधुत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्रै उत्पादन गरेको बताए । बाँकी सबै विद्युत् निजी क्षेत्रले उत्पादन गरिरहेको पनि उनले जिकिर गरे ।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको बताउँदै उनले ‘उज्यालो नेपालको नायक’ कुलमान घिसिङ नभएको तर्क गरे ।

कुलमानले सार्वजनिक गरेको प्राधिकरणको नाफा पनि सत्यतामा आधारित नरहेको जिकिर मन्त्री खड्काले गरेका छन् ।

चमेलिया जलविद्युत् आयोजनामा काम गरेको पैसा नतिरेका कारण विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको उनले बताए ।

बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको खड्काले जिकिर गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : ३४ बजे

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका