ऊर्जामन्त्रीको जिकिर : कुलमानलाई ‘उज्यालो नेपालको नायक’ नभनौँ, अब घरमै लोडसेडिङ हुन सक्छ | Khabarhub Khabarhub

ऊर्जामन्त्रीको जिकिर : कुलमानलाई ‘उज्यालो नेपालको नायक’ नभनौँ, अब घरमै लोडसेडिङ हुन सक्छ


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले अहिले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको खुलाए ।

मुलुकभित्रको उत्पादन करिव एक हजार मेगावाट रहेकाले साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था देखिएको दाबी उनले गरेका हुन् ।

मन्त्री खड्काले यसअघि लोडसेडिङको औपचारिक अन्त्य भए पनि उद्योगमा विदुयत् कटौती रहेको बताए ।

भारतबाट विद्युत् आयात गरेर धान्न सक्ने अवस्था अब नरहेको पनि खड्काले दाबी गरेका छन्।

मन्त्री खड्काले वर्षायाममा उत्पादित ३५ सय मेगावाटमध्ये विधुत् प्राधिकरणले ७ सय मेगावाट विद्युत् मात्रै उत्पादन गरेको बताए । बाँकी सबै विद्युत् निजी क्षेत्रले उत्पादन गरिरहेको पनि उनले जिकिर गरे ।

निजी क्षेत्रको उत्पादन र भारतबाट आयात गरिएकाले लोडसेडिङ हटेको जस्तो देखिएको बताउँदै उनले ‘उज्यालो नेपालको नायक’ कुलमान घिसिङ नभएको तर्क गरे ।

कुलमानले सार्वजनिक गरेको प्राधिकरणको नाफा पनि सत्यतामा आधारित नरहेको जिकिर मन्त्री खड्काले गरेका छन् ।

चमेलिया जलविद्युत् आयोजनामा काम गरेको पैसा नतिरेका कारण विद्युत् प्राधिकरणको बैंक खाता रोक्का भएको उनले बताए ।

बैंक खाता रोक्का हुँदा पनि मन्त्रालयलाई कुनै जानकारी नआएकाले आफूले आवश्यक कागजात माग गरेको खड्काले जिकिर गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : ३४ बजे

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दी फर्किए

म्याग्दी– म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार