जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लोकार्पण  « Khabarhub

जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लोकार्पण 


५ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा बुधबार आयोजित एक विशेष समारोहमा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतले पुस्तक लोकार्पण गरे । 

कार्यक्रममा लेखक जीवा लामिछाने र पत्रकार बसन्त बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तरसंवादसमेत गरिएको थियो।

लेखक बस्नेतले पुस्तकले अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए ।

 ‘यो पुस्तक सीधा यात्रा संस्मरण होइन, रहस्यमय स्थानको रोचक शिल्प पनि हो,’ उनले भने, ‘यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जोकसैलाई मोहनी लगाउँछ ।’

लामिछानेका यसअघि प्रकाशित कृतिभन्दा यो फरक शैलीमा लेखिएको पनि बस्नेतले जनाए । ‘यसमा लेखकले लेखनमा फरक शैली अपनाउनुभएको छ,’ उनले भने, ‘संस्मरणमा नयाँ प्रयोग गरेर पुस्तकको थप ओज बढाउनुभएको छ ।’ चिसो स्थानका कथा भए पनि यसले लेखनको न्यानोपन आभास गराउने बस्नेतको भनाइ छ ।

हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको लेखक जीवा लामिछानेले बताए ।
‘अक्षत अन्टार्कटिका’मा लेखकले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू साझा गरेका छन् ।  

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ७ : ३६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको