सिन्धुपाल्चोकमा बरामद भेपमा शंकाको सुई भाटभटेनी मालिकतिर, सांसदहरूले उठाए प्रश्न | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा बरामद भेपमा शंकाको सुई भाटभटेनी मालिकतिर, सांसदहरूले उठाए प्रश्न


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिन्धुपाल्चोकमा बुधबार राति बरामद विद्युतीय चुरोट (भेप) भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरूङको भएको दाबी सांसदहरूले गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका गंगा कार्कीले उक्त दाबी गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाई कीर्तिपुरस्थित १० रोपनी जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकबाट उक्त भेप बरामद भएको दाबी गरेका हुन ।

‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकबाट ७४० थान भेप समातिएको छ’, झाले भने, ‘प्रधानमन्त्रीको पार्टी कार्यालय बनाउने दाता भएकाले उनलाई संरक्षण नगरियोस भन्न चाहान्छु ।’

एमालेको पार्टी कार्यालयका जग्गा दाता मीनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अवैध भेप भेटिएकोबारे अन्य सांसदले पनि कुरा उठाएका छन् । ‘जग्गादाता भनेपछि कुनै कारबाही नहुने हो कि के हो ?’, सांसद झाले सोधे ।

झाले भेप बरामद भएको ट्रकको नम्बर नै खुलाएर उक्त सामान भाटभटेनीका साहुको भएको जिकिर गरे । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बाह्रबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साहुको भएको खुलेको छ, यसमा छानबिन हुनु पर्छ,’ उनले भने ।

सिन्धुपाल्चोक प्रहरीले बुधबार राति ठूलो परिमाणमा भेप बरामद गरेको थियो । सिन्धुपाल्चोकस्थित चीनको तातोपानी नाका हुँदै भित्रिएको ट्रकबाट ७४० गोटा भेप बरामद भएको थियो ।

खुर्सानीबारी अस्थायी प्रहरी पोस्टले गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँचको क्रममा भेप बरामद गरेको थियो ।

एक प्रहरी अधिकारीले भने, ‘सिल लगाइएको अवस्थामा साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० गोटा भेप बरामद भएको छ।’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : २२ बजे

चीनमा घट्दै गएको जनसङ्ख्या बढाउन के गर्ने ? यस्तो छ नयाँ अनुसन्धानको सुझाव

बेइजिङ- चीनले तीव्र रूपमा घट्दो जनसङ्ख्या र बढ्दो वृद्धावस्थाको चुनौती

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा

रिटर्नीहरुसँग प्रचण्डले भने-  अहिले देशको राजनीतिमा उतारचढाव छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका

काठमाडौंमै चर्को गर्मी (तस्बिरहरू)

काठमाडौं– देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि

रंगशालामा लडेर नेशन्स लिगको फाइनल हेर्न गएका दर्शकको मृत्यु

काठमाडौं- गएराति सम्पन्न यूएफा नेशन्स लिगको फाइनल खेलका क्रममा दुर्घटना