सोयाबिनको कृत्रिम निर्यातको तथ्यांकले बढाइदियो निर्यातको ग्राफ | Khabarhub Khabarhub

सोयाबिनको कृत्रिम निर्यातको तथ्यांकले बढाइदियो निर्यातको ग्राफ


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यातमा ५७.२० प्रतिशतले वृद्धि भएको छ । 

गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा भने निर्यात वृद्धि भएर १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबर पुगेको छ ।

तर, नेपालको निर्यात वृद्धि भएको तथ्यांक देखाउने ठूलो हिस्सा सबैभन्दा धेरै सोयाबिन तेल र सो सँग सम्बन्धित पदार्थ रहेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट ७ अर्ब ९४ करोड ७१ लाख ५ हजार रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको देखिन्छ । 

जबकी सोही अवधिमा नेपालमा ५१ अर्ब ८ लाख ३१ हजार रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ ।

सोयाबिन तेलको कच्चा पदार्थ आयात गरेर आंशिक वा पुरै प्रशोधन पश्चात नेपालबाट फेरि सोयाबिन तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । जसको परिमाणले नै नेपालको कुल निर्यातमा सबैभन्दा धेरै हिस्सा ओगटेको छ ।

त्यस्तै, नेपालको निर्यातमा अर्को ठूलो हिस्सा सूर्यमुखी तेलको रहेको देखिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा २० अर्ब ४८ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ र दाना आयात भएको थियो ।

जबकी सोही अवधिमा नेपालबाट ७ अर्ब ९८ करोड २३ लाख ५२ हजार रुपैयाँको सूर्यमुखी तेलको निर्यात भएको छ । सूर्यमुखी तेलको कच्चापदार्थको आयातको तुलनामा निर्यात दुई तिहाइले कम भएको विभागको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : २९ बजे

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक

फोहोर व्यवस्थापन एप सार्वजनिक  

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको

उखु किसानको आन्दोलन : नेताहरूको ओइरो, समस्या जस्ताको त्यस्तै (तस्बिरहरू)

काठमाडौं– उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७०

बैतडीका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

बैतडी– जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन