विराटनगरमा ढाका महोत्सव सुरु | Khabarhub Khabarhub

विराटनगरमा ढाका महोत्सव सुरु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका महिलाहरूले उत्पादन गरेको ढाकाको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । 

महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरे । सो क्रममा उनले पोसाकमा स्थानीय उत्पादनलाई अनिवार्य गर्ने बित्तिकै स्थानीय महिलाहरूले रोजगारी पाउने र ढाका लगायतका अन्य कपडाको विक्री बढ्ने बताए । 

उनले आर्थिक र कानुनी रूपमा नै नीति बनाउन सके स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे । मुख्यमन्त्री कार्कीले महिला उद्यमशीलता र स्थानीय उत्पादन प्रवर्द्धनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षक, शिक्षिका र कर्मचारीहरूलाई वितरण गरिने पोसाकमा स्थानीय उत्पादन अनिवार्य गर्ने नीति ल्याउने योजना रहेको बताए । 

कोशी प्रदेशको ताप्लेजुङ, इलाम, पाँचथर, भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लामा वर्षेनी करिब १० करोड रुपैयाँ बराबरको ढाकाका सामग्रीहरू उत्पादन हुने बताइएको छ । 

ढाका मौलिक पहिचान भएको र महिलाहरूको आम्दानीको स्रोत समेत भएकाले यसको बजार प्रवर्द्धन गर्न एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महोत्सव फलदायी हुने आयोजकले जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको तीन दिने ढाका महोत्सवमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ल्याइएका ढाकाका सामग्रीहरूको २८ वटा स्टलहरू राखिएको छ । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : ०३ बजे

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको

ओलीलाई नेताहरूले भने : देउवाले जस्तै राजनीतिक निर्णय गरेर पार्टीबाट बिदा हुनुस्

काठमाडौं – ललितपुरको राजबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि सुरू नेकपा

ओमानलाई नेपालले दियो १५२ रनको लक्ष्य

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको