‘अवैध भेप’बारे मीनबहादुरले भने- जनप्रतिनिधिले ठोकुवासहित आक्षेप लगाउनु खेदजनक « Khabarhub

‘अवैध भेप’बारे मीनबहादुरले भने- जनप्रतिनिधिले ठोकुवासहित आक्षेप लगाउनु खेदजनक


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सिन्धुपाल्चोकमा बुधबार राति बरामद ठूलो परिमाणको विद्युतीय चुरोट ‘अवैध भेप’ प्रकरणमा संलग्नता अस्वीकार गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरु गंगा कार्की र मनिष झाले सिन्धुपाल्चोकमा मालवाहक ट्रकबाट बरामद गरिएको भेप भाटभटेनीको रहेको बताएका थिए ।

सांसदद्वयको उक्त भनाइको खण्डन गर्दै भाटभटेनी अध्यक्ष गुरुङले भनेका छन्, ‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनि राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।’

भाटभटेनीले कर्पोरेट संस्थाबारे फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न पनि भनेको छ। पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन पनि गुरुङले माग गरेका छन् ।

के भने मीनबहादुरले ?

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा माननीयद्वय गंगा कार्की र मनिष झाले व्यक्त गर्नुभएको धारणाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ ।

तथापी सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ । साथै उहाँहरूका धारणामा आधारित भई सम्प्रेषण भएका समाचारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौं ।

तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो ।

मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गर्न चाहन्छौँ । पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।

भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौँ ।

अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने हाम्रो ठहर छ ।

एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्नुहुन पनि अपील गर्दछौँ ।

साथै सत्ताको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् माननीय सदस्यहरू नै हुनुहुनेछ भन्ने हामीलाई लागेको छ । अन्त्यमा, फेरि पनि पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर सत्यतथ्य सार्वजनिक गरिदिनुहुन राज्यका निकायसँग अनुरोध पनि गर्दछु ।

साथै कपोलकल्पितरुपमा व्यक्त भएका धारणामा आधारित समाचारले पार्ने प्रभावका बारेमा स्वयम् पत्रकारज्यू पनि जानकार हुनुहुने भएकाले त्यस्ता आधारहीन विषयलाई प्राथमिकतामा राखिदिनुहुने छैन भन्ने विश्सास रहेको छ ।

मीनबहादुर गुरुङ
अध्यक्ष, भाटभटेनी सुपरमार्केट

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : १५ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र