२० लाख किसानलाई परिचयपत्र वितरण गरिँदै « Khabarhub

२० लाख किसानलाई परिचयपत्र वितरण गरिँदै


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इलाम – कृषि तथा पशुपन्छी विकासमन्त्री रामप्रसाद अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन् ।

इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उहाँले उक्त कुरा बताएका हुन् ।

रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम सङ्घीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताए ।

कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकासमन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताए ।

रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पहिलो पटक एक सय २१ जना गुरु किसान छनोट गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ९ : १९ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान