भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु « Khabarhub

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेकाको जग्गा नाँपजाँच सुरु गरिएको छ ।

भूमि समस्या समाधान आयोग नवलपरासीले आज एक कार्यक्रममा गरी गाउँपालिकाभित्रका जग्गाको नाँपजाँच सुरु गरेको आयोगका अध्यक्ष लालबहादुर गुरुङले बताए।

उनले भने, “तीन जना अमिन र एक जना सर्वेक्षकसहित चार कर्मचारीमार्फत काम सुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–९ बाट सुरु जग्गा नाँप जाँच सुरु भएको छ ।”नाँप जाँच गर्ने क्रममा एक हजार पूर्जा तयार हुनै वित्तिकै वितरण गर्ने तयारी रहेको गुरुङले बताउनुभयो ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आजदेखि सुरु गरिएको जग्गा नाँप जाँचले पालिकाभित्रका अव्यवस्थित बसोबास भएकाको जग्गा व्यवस्थित हुने विश्वास व्यक्त गरे । गाउँपालिकाको आर्थिक सहयोगमा भूमि आयोगले नाँपजाँच सुरु गरेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १० : २१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग