स्वास्थ्य सेवा निजीकरण गर्न खोजिएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

स्वास्थ्य सेवा निजीकरण गर्न खोजिएको भन्दै पाकिस्तानमा प्रदर्शन


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य सेवा निजीकरण गर्न खोजिएको भन्दै पाकिस्तानमा प्रदर्शन भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित अटोकमा रहेका स्वास्थ्य संस्था निजीकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

पञ्जाबको प्रान्तीय सरकारले अटोकमा रहेका आधारभूत स्वास्थ्य एकाई तथा ग्रामिण स्वास्थ्य केन्द्र निजीकरण गर्ने तयारी गरिरहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । प्रदर्शनमा स्थानीय बासिन्दासँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि सहभागी रहेको डनले उल्लेख गरेको छ ।

यसअघि पनि सो क्षेत्रका विभिन्न अस्पताल निजीकरण गरिएपनि स्वास्थ्य सेवा महँगो भएको र गुणस्तर निरन्तर ओरालो लाग्दै गएको प्रदर्शनकारीको दाबी छ ।

उसै पनि स्वास्थ्य सेवा कमजोर रहेको अवस्थामा स्वास्थ्य संस्थालाई निजीकरण गरे त्यसले अझ भयावह अवस्था आउने उनीहरुले चेतवानी दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ३४ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी