खानेपानीमन्त्रीको दाबी- एक वर्षभित्र ५७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी दिन्छौँ | Khabarhub Khabarhub

खानेपानीमन्त्रीको दाबी- एक वर्षभित्र ५७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी दिन्छौँ


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले अवको एकबर्षभित्र देशका ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुगेको बताए ।

आगामी एक वर्षभित्रमा ५७ प्रतिशत जनतामा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिइएको उनले बताएका छन् ।

यसका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले आगामी आर्थिक वर्षको बजेटमा स्वच्छ खानेपानीका लागि विशेष व्यवस्था मिलाउने जानकारी उनले दिए ।

मन्त्री यादवले तराई-मधेशमा सुख्खा मौसमको खानेपानी समस्या समाधान गर्न डीप ट्युबेलमार्फत् खानेपानी आपूर्तिको योजना कार्यान्वयनमा रहेको बताए ।

यसका लागि सम्बन्धित खानेपानी आयोजना कार्यालयहरूबाट डीप ट्युबेल निर्माण अघि बढेको उनको भनाइ छ ।

मकवानपुरको राप्ती खोलोसहित सुनकोशी डाइभरर्सनबाट पनि खानेपानीको आपूर्तिका लागि डिजाइन प्रक्रिया अघि बढेको उल्लेख गरे ।

उनले झापादेखि महेन्द्रनगरसम्मका अधिकांशका जिल्लामा २०० भन्दा बढी खानेपानी ट्याङ्की तयार भए पनि सञ्चालनमा आउन नसकेको भन्दै मन्त्रालयले सहजीकरण गरिरहेको बताए ।

देशभर नै खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न मुहानको संरक्षण गर्दै लाने योजना रहेको सुनाउँदै खानेपानीबारे राजनीतिकरण हुन नदिने स्पष्ट पारे ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १२ : १८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य