नागरिक उन्मुक्तिको बैठक : सीके नेतृत्वको जनमतसँग एकताको टुंगो गर्दै « Khabarhub

नागरिक उन्मुक्तिको बैठक : सीके नेतृत्वको जनमतसँग एकताको टुंगो गर्दै


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारबाट काठमाडौंमा सुरू भएको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यहरूलाई औपचारिक रुपमा जानकारी गराउँदै सुझाव लिइने पार्टी वरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताएका छन् । यो बैठकमा नागरिक उन्मुक्तिका संस्थापक एवम् संरक्षक रेशमलाल चौधरी पनि सहभागी छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा छिन् । उनीहरूबीच एकतालाई लिएर विवाद थियो ।

तर, रञ्जिता पनि जनमतसँगको एकताका लागि तयार भएसँगै केन्द्रीय समिति बैठक बसेको हो । नागरिक उन्मुक्तिले नयाँ पार्टीको अध्यक्षमा डा. सीके राउतलाई नै स्वीकार्दै एकतामा जाने निर्णय गर्न लागेको छ ।

उता जनमतले भने यसअघि ने नाउपासँग एकतामा जाने निर्णय गरिसकेको छ । जनमतको प्रभाव मधेश प्रदेशमा बलियो छ भने नाउपाको प्रभाव कैलाली र बर्दिया जिल्लामा बाक्लो छ।

केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुनेमा कुनै आशंका नरहेको पनि बताएका छन् ।

बैठकमा सबै केन्द्रीय सदस्यहरू, पार्टीबाट निर्वाचित संघ र प्रदेशका सांसद, उम्मेदवार, पालिकाका प्रमुख र उप प्रमुखहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु र संस्थापक केन्द्रीय सदस्यहरु पनि सहभागी भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १२ : ३६ बजे

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ