रहेनन् भाषाविद् बालकृष्ण पोखरेल « Khabarhub

रहेनन् भाषाविद् बालकृष्ण पोखरेल


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाली भाषाका विज्ञ, झर्रोवादी आन्दोलनका प्रणेता, साहित्यकार तथा अनुसन्धाता बालकृष्ण पोखरेलको निधन भएको छ । पोखरेलको निधनले साहित्य तथा नेपाली भाषाको क्षेत्रमा ठूलो क्षति पुगेको भाषाशास्त्रीहरुले बताएका छन् ।

माघ ६ गतेदेखि मष्तिष्कघातबाट पीडित साहित्यकार पोखरेलको विराटनगस्थित आफ्नै निवासबाट अस्पताल लैजाँदै गर्दा निधन भएको हो । पोखरेलको शनिवार राति १ बजेर ३० मिनेटमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

वि.सं. २०२१ सालमा ‘नेपाली भाषा र साहित्य’ का लागि मदन पुरस्कार प्राप्त गरेका पोखरेलका कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, शब्दकोष, अनुसन्धान तथा अन्य पुस्तक प्रकाशित भएका छन् ।

एक सयभन्दा बढी कृति उनले नेपाली वाङ्मय र भाषाकै विषयमा लेखेका थिए । उनका कृतिमा ‘खस जातिको इतिहास’, ‘पाँच सय वर्ष’, ‘नेपाली–अङ्ग्रेजी–नेपाली शब्दकोश’ प्रसिद्ध छन् ।

उनलाई रुपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल लगायतका उपनामले पनि नेपाली साहित्यमा चिनिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १० : ३६ बजे

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी- पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार सार्कले आक्रमण गर्दा एक

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रसुवा– हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री 

धादिङ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

एजेन्सी– हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण