ऊर्जामन्त्रीलाई बर्खास्त गर्नुपर्ने सांसदको मागमा हजारौँको समर्थन | Khabarhub Khabarhub

ऊर्जामन्त्रीलाई बर्खास्त गर्नुपर्ने सांसदको मागमा हजारौँको समर्थन


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त गर्नुपर्ने सांसद ज्ञानु बस्नेतको मागमा हजारौँ व्यक्तिहरूले समर्थन जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै सांसद बस्नेतले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लोडसेडिङ हुँदैछ भनेर जनतालाई आतंकित पारेको बताएकी थिइन् ।

उनले कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत् प्राधिकरण ध्वस्त बनाउन भूमिका खेलेको भन्दै मन्त्री खड्कालाई पदबाट बर्खास्त गर्न माग गरेकी थिइन् ।

सांसद बस्नेतको भनाइलाई लिएर खबरहबले सर्वसाधारणको प्रतिक्रिया माग गरेको थियो । बिहीबार प्रतिक्रिया माग गरिएकोमा शुक्रबा मध्यान्ह १२ बजेसम्म ७ हजार बढीले त्यसमा समर्थन जनाएका छन् ।

खबरहबले सामाजिक सञ्जाल फेसबुकमार्फत् माग गरेको धारणामा ७ हजार ५ सय जनाले अभिमत दिएका छन् । जसमध्ये ९९ प्रतिशत बढीले सांसद बस्नेतको मागमा समर्थन जनाउँदै ऊर्जमन्त्री खड्कालाई बर्खास्त गर्नुपर्ने अभिमत व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १ : १० बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य