अदालत पुगेका रविको दाबी- मैले बोल्न थाले सबैको बोली बन्द हुन्छ | Khabarhub Khabarhub

अदालत पुगेका रविको दाबी- मैले बोल्न थाले सबैको बोली बन्द हुन्छ


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

ललितपुर- रास्वपा सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएपछि रवि उच्च अदालत पुगेका हु्न् ।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी उक्त बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने पुग्ने जानकारीपछि रास्वपा कार्यकर्ताहरू अदालत बाहिरको मुख्य सडकमा जम्मा भएका थिए ।

त्यस क्रममा लामिछानेले आफूले बोल्ने समय छिट्टै आउने बताए । उनले आफूले बोलेपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे ।

उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणीसमेत गरेका छन् । लामिछानेले यो देशको भविष्य युवाहरूको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गरे ।

लामिछानेले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुईतिहाइको सरकारका कारण जनतामा असन्तुष्टि बढ्दै गएको पनि बताए । आफूले बोले दुईतिहाइको सरकार हल्लिने तर्क गरेका उनले क्रान्तिका लागि तयार रहन पनि समर्थकलाई भने ।

‘गेट रेडी फर द रिभोल्युशन’, उनले भने, ‘तपाईंहरू तयार रहनुस्, मैले चाँडै बोल्ने समय आउँदैछ ।’

लामिछानेले अब चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा जिल्ला अदालतले माघ २४ गते ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्रै उच्च अदालतमा फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन दिन बाँकी छ ।

लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।

पर्सास्थित सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : २५ बजे

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय