डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए श्रेष्ठ « Khabarhub

डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए श्रेष्ठ


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सिइओ सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।

पोखरामा बिहीबार आयोजना भएको डिबानको १९ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।
 
डिबानको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् । 

साथै, सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दीपेश लम्साल, ग्रीन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : २३ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड