विदेशमा प्रदर्शनबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमको आपत्ति | Khabarhub Khabarhub

विदेशमा प्रदर्शनबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमको आपत्ति


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिना राष्ट्रिय फुटबल टिमकी कम्तान तथा गोल रक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’को विदेशमा प्रदर्शन मितिबारे भ्रम फैलाइएको भन्दै निर्माण टिमले खण्डन गरेको छ ।

अधिकार नै नदिइएका देशहरूमा प्रदर्शन मितिबारे भ्रम फैलाइएको भन्दै निर्माण कम्पनी मुन लभ इन्टरटेन्मेन्टले आपत्ति जनाएको छ ।

फिल्मका निर्माता प्रमेकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले जारी गरेको विज्ञप्तिमा विश्वव्यापी ‘अञ्जिाला’ प्रदर्शनको भ्रम सामाजिक सञ्जालमा फैलाइएको उल्लेख गरिएको छ ।

यसरी भ्रम फैल्याउने व्यक्ति वा संस्थाको नाम उक्त विज्ञप्तिमा खुलाइएको छैन ।

जापान, कोरिया, क्यान्डा र हङकङबाहेक अन्य देशमा प्रदर्शन मिति ब्रिकी नभएको निर्माण पक्षको दाबी छ । अन्य देशको प्रदर्शन मितिबारेको प्रचार भ्रामक रहेको जनाइएको छ ।

फागुन २९ बाट प्रदर्शनमा आएको यस फिल्मले घरेलु बजारमा दर्शकको राम्रो साथ पाएको छ । अहिले पनि उच्च अनुपेन्सीका साथ फिल्म प्रदर्शनमा रहेको निर्माण पक्षको दाबी छ ।

फिल्ममा अभिनेताहरू दयाहाङ राई, विजय बराल, नायिका सिर्जना सुब्बा, कलाकार माओत्से गुरुङ र अञ्जिला आफैं केन्द्रीय भूमिकामा छन् ।

हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ०८ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी