प्रचण्ड भन्छन् : ०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, कांग्रेस-एमालेको सरकार चाँडै तलमाथि हुन्छ | Khabarhub Khabarhub

प्रचण्ड भन्छन् : ०८४ सम्म प्रधानमन्त्री बन्दिनँ, कांग्रेस-एमालेको सरकार चाँडै तलमाथि हुन्छ


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज पुगेका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको बताए ।

उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए ।

उनले नेपालको राजनीतिक घटनाक्रमतिर संकेत गर्दै आफू ०८४ सम्म सरकरको नेतृत्व नगर्ने पक्षमा रहेको बताए ।

दाहालले अहिले आफू प्रधानमन्त्री बन्न इच्छुक नभएको बताएका हुन् । दाहालले सत्ता परिवर्तन हुने संकेत गर्दै ‘केही न केही हुन्छ’ भनेका छन् ।

‘मैले प्रष्टसँग भनेको छु । २०८४ सम्म प्रधानमन्त्री बन्दिनँ । जनतासँगै रहन्छु । जनताका समस्या लिएर सदनमा बोल्छु । तर प्रधानमन्त्री हुने रेसमा कम्तिमा २०८४ सम्म म छँदै छैन’, उनले भने, ‘यो भ्रम कसैलाई नरहोस् । केही न केही हुन्छ भनेर विविध कारणले भनेको छु । तपाईंहरू आफैँले पनि अध्ययन गर्न सक्नुहुन्छ । यसलाई ठूलो कुरा नठान्नुहोस् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नतिजा दिन नसकेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइराला र एनपी साउदसहितले खुलेर विरोध गरिरहेका छन् ।

गत असार ३१ गते नयाँ सरकार बनेयता भारसँगको सम्बन्ध पनि सुधार हुन सकेको छैन । परराष्ट्रमन्त्री डा. आरजु राणाले कोसिस गरे पनि भारतले सम्बन्ध सुधारमा चासो दिएको छैन । यस्तोमा एमालेसँगको सत्ता समीकरणलाई निरन्तरता दिने नदिने दोधारमा कांग्रेस देखिन थालेको अवस्थामा प्रचण्डले अहिलेको अवस्था लामो समय नजाने संकेत गरेका हुन् ।

उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीनका समस्यामा मलहमपट्टी लगाउने काम गरेको बताए ।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो ।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथिति प्रोत्साहन गरेको आरोप लगाउँदै राम्रा काम गर्नेहरूलाई हतोत्साहित गरेको टिप्पणी गरे ।

यसअघि आयोजित नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले वीरगञ्जको विकाससँगै देशभर देखिएका स्वास्थ्य, शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए ।

संविधान निर्माणको क्रममा नै दश वर्षभित्र संविधानको समीक्षा र परिमार्जन गर्ने विषय प्रष्ट पारिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो समयावधि पूरा हुन लागेको भन्दै संविधानको समीक्षा र परिमार्जन आवश्यक रहेको बताए ।

त्यसका लागि जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ३ : ५७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

पहिलो पटक पुटिनसँग ट्रम्पको आक्रोश- तेलमा ५० प्रतिशत करको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग

धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ  ः  उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले हाल

नितिसको विष्फोटक ब्याटिङमा राजस्थान विजयी : चेन्नई ६ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो