पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय: २४ अप्रिलमा अमेरिका छाड्न सूचना « Khabarhub

पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय: २४ अप्रिलमा अमेरिका छाड्न सूचना


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ।

त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ।

यस अघि बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो।

सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम सुरु गरेका थिए। त्यसपछि अन्य देशमा पनि यो कार्यक्रम सरेको थियो।

शुक्रबार बाइडेनको कार्यक्रमले अमेरिकीको अवसर गुमेको भन्दै नयाँ सूचना जारी गरेको हो। यो निर्णयको असर क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिकामा पुगेका मानिसमा पर्नेछ।

यसैगरी रुस र युक्रेन युद्धको कारण अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीको अस्थायी कानुनी मान्यता भङ्ग गर्ने योजनामा पनि ट्रम्प प्रशासन रहेको जनाइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : ३६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ