पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय: २४ अप्रिलमा अमेरिका छाड्न सूचना « Khabarhub

पाँच लाख आप्रवासीको वैधता भंग गर्ने ट्रम्पको निर्णय: २४ अप्रिलमा अमेरिका छाड्न सूचना


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाख भन्दा बढी आप्रवासीको अस्थायी कानुनी वैधता भङ्ग गर्ने भएको छ।

त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ।

यस अघि बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो।

सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम सुरु गरेका थिए। त्यसपछि अन्य देशमा पनि यो कार्यक्रम सरेको थियो।

शुक्रबार बाइडेनको कार्यक्रमले अमेरिकीको अवसर गुमेको भन्दै नयाँ सूचना जारी गरेको हो। यो निर्णयको असर क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिकामा पुगेका मानिसमा पर्नेछ।

यसैगरी रुस र युक्रेन युद्धको कारण अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीको अस्थायी कानुनी मान्यता भङ्ग गर्ने योजनामा पनि ट्रम्प प्रशासन रहेको जनाइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : ३६ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ