एकीकरणको इतिहाससँग जोडिएको एकीकरण पदमार्ग शुरु हुँदै | Khabarhub Khabarhub

एकीकरणको इतिहाससँग जोडिएको एकीकरण पदमार्ग शुरु हुँदै


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एकीकरणको इतिहाससँग जोडिएका पुराना गढी र किल्लाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न नेपाली सेनाले उदयपुरको चौदण्डीगढीदेखि बैतडीको अजयमेरुकोटसम्म ‘एकीकरण पदमार्ग’ स्थापना गरेको छ ।

यी गढी तथा किल्लाहरूसँग वीर नेपालीको पहिचान र सेनाको इतिहास जोडिएकाले विभिन्न जिल्लामा रहेका ऐतिहासिक गढी, किल्ला र दरबारलाई जोडेर पदमार्ग स्थापन गरिएको जानकारी सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दिए ।

उदयपुरको चौदण्डीगढीबाट सुरु भएर उदयपुरगढी, सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, काठमाडौँ उपत्यका, नुवाकोट दरबार, गोरखा दरबार, वारपाककोट दरबार, लमजुङ लिगलिगकोट, तनहुँ, लमजुङ दरबार र कास्कीकोट दरबारसम्म जोडिएको छ ।

त्यस्तै रूपन्देही जितगढी, पाल्पा दरबार, गुल्मी चरपाला दरबार, अर्घाकोट, सल्यान फालवाङ दरबार, सुर्खेत बयालकाडाकोट, दैलेखको दुल्लु दरबार, अछामको मङ्गलसेन दरबार, जयगढ, बझाङको थालाकोट, डोटीको सिलगढी, डडलेधुराको अमरगढी हुँदै बैतडीको अजयमेरुकोटसम्म पदमार्ग जोडिएको छ ।

पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणका क्रममा निर्माण भएका किल्ला तथा त्यसअघिका बाइसे, चौबीसे राजारजौटाका दरबारहरूको संरक्षण गर्न एकीकरण पदमार्ग निर्माण गरिएको हो ।

यसका लागि सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ । सैनिक प्रवक्ता पाण्डेले भने, ‘प्रत्येक नेपालीलाई आफ्नो इतिहासप्रति गर्व गराउन पदमार्ग निर्माण गरिएको हो । एकीकरण पदमार्ग राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डतासँग जोडिएको छ । भावी पुस्ताका लागि पुर्खाले निर्माण गरेको इतिहास प्रेरणाको स्रोत बन्ने गरेको हुन्छ ।’

यसअघि समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढी, मकवानपुरगढी र उदयपुरगढीको संरक्षणका लागि पदमार्ग निर्माण गर्ने प्रस्ताव अगाडि सारेको थियो । सो प्रस्ताव सेनाका लागि ढुङ्गो खोज्दा देउता मिलेजस्तै बनेको हो ।

गौरवमय इतिहाससँग जोडिएका पुरातात्विक सम्पदाहरूको संरक्षण र सम्वद्र्धनमा स्थानीयवासीको सहभागिताले सेनालाई थप हौसला मिलेको चर्चा गर्दै प्रवक्ता पाण्डेले राष्ट्रिय एकता थप बलियो बनाउन पदमार्ग अभियान उपलब्धिमूलक हुने बताए ।

नेपालमा सानाठूला किल्ला, गढी र दरबारहरू करिब तीन सयको सङ्ख्यामा रहेको बताइएको छ । ती सबैको संरक्षण र सम्वद्र्धन गर्न तत्काल सम्भव नभए पनि राष्ट्रिय एकीकरणका क्रममा निर्माण गरेका तथा प्रयोग गरेका किल्ला, गढी र दरबारको संरक्षण गर्न पदमार्ग निर्माण गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ६ : ५८ बजे

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छ : सभापति सुवेदी

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी”ले

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

भद्रपुर– यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा

हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध