सत्तारुढ नेकपा विशेष राष्ट्रिय अभियान सञ्चालनको तयारीमा « Khabarhub

सत्तारुढ नेकपा विशेष राष्ट्रिय अभियान सञ्चालनको तयारीमा


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी थालेको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकीकरण प्रक्रिया लगभग टुङ्गिएपछि अब अभियान थाल्ने बताइएको छ । दुई पार्टीबीच समायोजन भएका सङ्गठन परिचालन गर्न विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी रहेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने भन्दै विभिन्न कमिटीलाई सर्कुलर पनि पठाइसकेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ १३ गते सो सर्कुलर पठाउनु भएको हो । सर्कुलरको आधारमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

पार्टीका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टीको निर्देशनअनुसार प्रदेशदेखि स्थानीय तहसम्म अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

सुदूरपश्चिम प्रदेश कमिटी मातहतका सबै जिल्ला र स्थानीय तहको एकीकरण सम्पन्न भएको बताउँदै रावलले पार्टी एकताका सन्देश दिन गाउँगाउँसम्म अभियान सञ्चालन गरिने बताए।

नेकपाले २२ वटा जनवर्गीय सङ्गठन र पार्टीका ३३ वटा केन्द्रीय विभाग, ७७ वटै जिल्ला र छवटा महानगरपालिकाको इन्चार्ज, तथा सहइन्चार्ज, पाँचवटा उपत्यका विशेष कमिटी र सो मातहतका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव, आठवटा सम्पर्क समन्वय कमिटी तथा सम्पर्क कमिटीका इन्चार्ज, सहइन्चार्ज, संयोजक/अध्यक्ष, सचिव, २५ वटा जनवर्गीय तथा सामुदायिक सङ्गठनहरुका इन्चार्ज र सहइन्चार्ज तथा दुई जना कार्यालय सचिव टुङ्गो लगाइसकेको छ ।

अधिकांश जिल्लाका एकताका काम सम्पन्न भइसकेका छन् र एकीकरण सम्पन्न हुन बाँकी रहेका जिल्लाको काम पार्टीले जारी गरेको मापदण्ड तथा कार्यविधिअनुसार सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ७ : १६ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा