कांग्रेस नेता माथवरसिंह बस्नेतको निधन | Khabarhub Khabarhub

कांग्रेस नेता माथवरसिंह बस्नेतको निधन


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । ७९ वर्षीय बस्नेतको आज बिहान निधन भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ निवासी बस्नेतलाई गति बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ ।

गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक थिए ।

गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष थिए ।

पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय  बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो ।

उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : १३ बजे

महासंघबाट सांसद बनाउन एमाले निकट किसान संगठनको माग 

काठमाडौं– प्रतिनिधिसभा सदस्य किसानहरूको संगठनबाट बनाउन नेकपा एमाले निकट किसान

किरण मल्ल आर्मेनियाका लागि वाणिज्य दूतमा नियुक्त

काठमाडौं – नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल

ब्रान्ड तिर पनि दिव्या, बनिन् ‘प्रोफाइल कन्सल्टेन्सी’को एम्बेस्डर

काठमाडौं – नव नायिका दिव्या रायमाझी पहिलो फिल्म ‘एक्टर :

ओलीसहितका नेताको निर्देशनविपरीत निर्वाचन माग्दै चौतारीमा हस्ताक्षर अभियान

विराटनगर– नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नयाँ नेतृत्व

मधेस प्रदेशसभा बैठक जसपा र माओवादीले गरे अवरुद्ध

जनकपुरधाम- जसपा नेपाल र प्रतिपक्षी नेकपा माओवादी केन्द्रले मधेस प्रदेशसभा