दक्षिणढोका-मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता « Khabarhub

दक्षिणढोका-मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका-४ मा रहेको वन क्षेत्रको  अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल हटाएर सडक खोल्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 गोकर्णेश्वर नगरपालिकाले लामो समयदेखि यो सडक खोल्न माग गर्दै आएको छ । यो सडक खुलेमा स्थानीयवासीलाई गोकर्णेश्वर मन्दिर क्षेत्रबाट दक्षिणढोका र मूलपानी पुग्न सहज हुनेछ । गोकर्ण वनको पर्खाल धेरै ठाउँमा भत्किए पनि काँडेतारले बाटो छेकिएको छ । 
  
पर्खालभित्रको सडक नखोलिएकै कारण यस क्षेत्रमा वाग्मतीको करिडोर पनि खुल्न सकेको छैन । यो सडक खुलेमा गोकर्ण ड्याममाथिको क्षेत्रमा हुने जामबाट स्थानीयवासीले राहत पाउने वडा नं ४ का अध्यक्ष जयराम महतले बताए।  
 
यो सडक खोल्न माग गर्दै एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेको प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठले राससलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले पनि यो सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएको उनले बताए । 
  
गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, संविधानसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष द्वारिका श्रेष्ठ, ३ का अध्यक्ष मुरारीप्रसाद कुइँकेल, ४ का अध्यक्ष महत, गोनपा-४ का वडा सदस्यहरु गौरी श्रेष्ठ, राजेश श्रेष्ठ, गोनपा–८ का सदस्य सुमन लामालगायत स्थानीयवासीले प्रधानमन्त्रीलाई भेटेर उक्त सडक खोल्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  १२ : ३८ बजे

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपदबारे सम्बोधनको तयारी गर्न निर्देशन

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी