संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी : सभामुख | Khabarhub Khabarhub

संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी : सभामुख


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल विषयक छलफल कार्यक्रममा सभामुख घिमिरेले संघीयताको मर्म अनुसार तीनै तहलाई क्रियाशील बनाउदै समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने जरुरी रहेको बताएका हुन् ।

उनले योजना तर्जुमा र बजेट वितरण संघमा सीमित रहनु संघीयताको मर्म नभएको उल्लेख गरे । संरचनात्मक व्यवस्थापन मात्र ध्यान नदिई नीति निर्माण, स्रोत परिचालन र जवाफदेहीताको संयोजनका साथ संघीयता सुदृढ बनाउनुपर्ने उनले बताए ।

सभामुख घिमिरेले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछि प्रदेश तथा स्थानीय तहहरू शासन प्रणालीका मेरुदण्ड हुन् भन्ने कुरामा कुनै प्रश्न नरहेको जिकिर गरे ।  

उनले संघीयताका सवलीकरणका लागि नीतिगत क्षेत्रमा धेरै काम भएपनि कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको धारणा राखे ।

उनले निजामती सेवा ऐनको अभावले संघीयता कमजोर बनाएको गुनासो आएको भन्दै यसमा आफ्नो ध्यान गएको बताए । संसद्‌मा छलफलको क्रममा रहेको निजामतीसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक शिघ्र टुङ्गाउने प्रयासमा रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  २ : ३९ बजे

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : महासचिव पोखरेल

सिन्धुपाल्चोक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको

युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा