भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी « Khabarhub

भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवर्द्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्‍याएका छन् ।

पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् । 

यसैबीच, जलशक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियान : ‘जलको सञ्चय–२०२५’ सुरु गर्ने तयारी गरेको छ । 

जल शक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीब्र सामुदायिक पहल’माथि जोड दिएको छ । अभियानले जलवायु परिवर्तन र बढ्दो  जलजन्य चुनौतीको सामना गर्न जल सुरक्षा, वर्षाबाट आउने पानीको  सञ्चयलगायतलाई  जोड दिएको छ  । 

अभियानले एक सय ४८ जिल्लामा सरकारी निकाय समुदाय तथा हितग्राहीहरू बीच पानीको दिगो व्यवस्थापन गर्ने समन्वयलाई बढावा दिन्छ । अभियानको उद्देश्य ‘हरेक थोपा गणना’ को दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्दै जल संरक्षणका लागि राष्ट्रव्यापी चेतना र कार्यहरू चलाउनु हो ।
 
अभियानले नागरिकलाई  जलजन्य समस्या समाधानमा सहकार्यको माध्यमबाट भारतको पानीको भविष्य सुरक्षित गर्न आह्वान गरेको छ । सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ लाई संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा वार्षिक रुपमा विश्व जल दिवसका रूपमा मनाउँदै आइएको छ ।   
 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  २ : ५८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ