पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैन : स्वास्थ्यमन्त्री « Khabarhub

पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैन : स्वास्थ्यमन्त्री


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् । 

नेपाली कांग्रेस बाँकेले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था हुँदैन भने। राज्यले उनीहरूलाई मानसम्मान गर्नु ठीक हो तर सुविधा भने दिन नहुने बताए

उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफैले खोज्नुपर्नेमा जोड दिए ।  ‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ’, उनले भने। 

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए। 

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरूका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए। 
 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ३ : १४ बजे

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका