उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव | Khabarhub Khabarhub

उपचारात्मकभन्दा रोकथाममा अधिक जोड दिनुपर्छ : पूर्वराष्ट्रपति यादव


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले रोग लाग्न नदिन उपचारात्मकभन्दा पनि रोकथाममा बढी जोड दिनुपर्ने बताएका छन् ।

उनले रोगबाट बच्न स्वास्थ्य जीवनशैली र अपनाउन जरुरी रहेको भन्दै त्यसका लागि चेतना फैलाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, ‘रोग रोकथाममा अझै पनि सोचेजति काम गर्न सकेका छैनौँ । स्वास्थ्य रहनसहन अपनाउन जरुरी छ । अस्वस्थ जीवनशैलीले नै रोग निम्तिएका छन् । जनतालाई सचेत गराउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले भने, ‘गलत खाना नै रोगको कारक हो । स्वास्थ्य रहन जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ ।’

त्यस अवसरमा ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८१’ बाट १४ जना चिकित्सक, पाँच जना स्वास्थ्यर्मी, एक जना सञ्चारकर्मी र चार वटा संस्थालाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ३ : ४८ बजे

अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्न खुला : इरान

तेहरान– राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आणविक सम्झौताका लागि वार्ता गर्न

जातीय विभेद आरोपमा अछाममा दुई जना पक्राउ

 अछाम– अछामबाट जातीय विभेदको आरोपमा प्रहरीले दुई जनालाई  पक्राउ गरेको

अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव -२०२५’ सम्पन्न

काठमाडौं – अष्ट्रेलियाको  राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव-२०२५’ सफलताका साथ

प्रधानमन्त्री कप क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले

सरकारले टीआरसीसम्बन्धी आयोग बनाउन सिफारिस समिति गठन गर्ने

काठमाडौं– सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप