पानीका स्रोत संरक्षण गर्नु अहिलेको आवश्यकता : ऊर्जामन्त्री | Khabarhub Khabarhub

पानीका स्रोत संरक्षण गर्नु अहिलेको आवश्यकता : ऊर्जामन्त्री


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा रहेका पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका छन् ।

विश्व पानी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय पानी सम्मेलनमा मन्त्री खड्काले नेपालमा रहेका पानीका स्रोतलाई दैनिक जीवनमा मात्रै नभइ मुलुकको आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्ने बताएका हुन् । उनले नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढिरहेको जिकिर गरे ।

सबैभन्दा बढी जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भन्दै गर्दा यसको संरक्षणमा लाग्नु अहिलेको आवश्यकता भएको उनले बताए ।

मन्त्री खड्काले जलवायु परिवर्तनका कारण हिमनदीहरुको अवस्था र त्यसबाट सृजित समस्याहरूको समाधानका लागि समेत सरकार गम्भीर रहेको भन्दै विभिन्न दातृ राष्ट्रहरूसँग, विकास साझेदारी राष्ट्रहरूसँग यस विषयमा छलफल भइरहेको जानकारी दिए ।

जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ । 

जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालमा विसं २०६५ सालदेखि जल तथा मौसम सप्ताह मनाउँदै आए पनि यो वर्षदेखि ‘नेपाल राष्ट्रिय हिमनदी जल तथा मौसम सप्ताह’ मनाउन समेत थालिएको छ । 

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ४ : ०० बजे

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख