कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी  « Khabarhub

कृषि उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन : मन्त्री अधिकारी 


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका छन् । 

ललितपुरमा शनिबार आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री अधिकारीले यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका हुन् । 

‘एकातिर कृषिलाई यान्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता छ, अर्को तर्फ यस्ता उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन,’ मन्त्री अधिकारीले भने, ‘५० हजारमा किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ । यो अवस्थाको अन्त्य हुनुपर्छ ।’  

कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले अब यस्ता यन्त्र र उपकरण स्वदेशमै बनाउन पहल गर्न आग्रह गरे । 

उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकार अघि बढेको मन्त्री अधिकारी बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ४ : ५५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ