जनकपुरधामबाट लिङदेनले गरे संघीयता र धर्मनिरपेक्षताको विरोध « Khabarhub

जनकपुरधामबाट लिङदेनले गरे संघीयता र धर्मनिरपेक्षताको विरोध


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । वर्तमान संघीयता लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बर्बाद हुने बताउँदै लिङदेनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको बताए ।

राप्रपाले जनकपुरधाममा आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले देशलाई बर्बादीबाट जोगाउन अभिभावकीय रुपमा राजालाई राखेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मात्रै नेपालका लागि उत्तम व्यवस्था हुने बताए ।

यसका साथै संसद्‌मा समेत पूर्ण समानुपातिक व्यवस्था राखेर सांसदहरूलाई मन्त्री नहुने व्यवस्था लागू गर्नुपर्ने उनको भनाई थियो । सांसदलाई मन्त्री नबनाएर ऐन कानून बनाउने मात्रै जिम्मा दिइए देशमा भ्रष्टाचार पनि कम हुँदै जाने उनले दावी गरे ।

देशमा महँगी आकासिएको छ, भ्रष्टाचार बढेको बढ्यै छ, लिङदेनले भने ‘राजतन्त्रसहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा संघीयता व्यवस्था हटाए भ्रष्टाचार आफै निर्मूल भएर जानेछ ।’

लिङदेनले कांग्रेस, एमाले, माओवादी तथा मधेशवादी दलका नेताहरूले नेपाली जनताको मतको दुरुपयोग गरेको आरोप समेत लगाए । 

एक अर्को प्रसंगमा लिङदेनले भने ‘मधेसलाई यसअघि लाग्या होला सबै बिमारीको औषधी यो संघीयता नै हो, तर होइन रहेछ यो भ्रम हो अब मधेसी जनताले पनि बुझिरहेका छन् ।’ 

संघीयता देशको अर्थतन्त्रलाई कमजोर पार्ने, नेपाली नेपालीबीच विभाजनको फाटो हाल्ने अस्त्र रहेको उनले आरोप लगाए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ६ : ४९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ