प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ : उपप्रधानमन्त्री सिंह


९ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निरङ्कुश शासन व्यवस्थाबाट प्रजातन्त्रमा प्रवेश गरेपछि देशले ठुलो फड्को मारेको बताएका छन्। 

शनिबार २५ औँ ‘ह्वाइटहाउस एजुकेसन फाउन्डेसन डे’ का अवसरमा आयोजित कार्यक्रममा उनले देशले पूर्वाधार विकाससँगै शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए। उनले समाज परिवर्तनमा शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको पनि बताए । 

‘नेपालमै राम्रो शैक्षिक संस्था बनिसकेको छ । तानाशाही शासनप्रणालीबाट भएको राजनीतिक परिवर्तन सँगै प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ, उपप्रधानमन्त्री सिंहले भने, हामीले पढ्ने बेला र अहिलेको शैक्षिक अवस्थामा परिवर्तन आएको छ । सकारात्मक सोच राखेर अघि बढ्दा राम्रो हुन्छ । हामीसँग भएका संस्थाबाट समाज रूपान्तरण गर्न भरपूर प्रयास गर्नुपर्छ ।’

उनले निराशाको भाष्य बनाउनेभन्दा प्राप्त अवसरको सदुपयोग गर्नु सबैका लागि राम्रो हुने पनि बताए। देशको आर्थिक विकास र समृद्धि नै अबको प्राथमिकता रहेको भन्दै त्यसका लागि सरकारसँगै सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको सिंहको भनाई थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : १४ बजे

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी

पोखरा– पोखराको पृथ्वीनारायण (पृना) क्याम्पसमा अनेरास्ववियूले आफ्नो ऐतिहासिक विरासत कायम

पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम

पथरी–  सामुदायिक वन उपभोक्ता महासंघ पथरी-शनिश्चरेको आयोजनामा वन डढेलो नियन्त्रण

राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

चितवन– आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष

लोकतन्त्रमाथि कांग्रेस पोखिरहेको ‘अँध्यारा’ छिटाहरु

फेरिएको एउटा व्यवस्थाविरुद्ध २० वर्षमै ‘मूर्दावाद’को नारा लाग्छ, सायद लोकतन्त्रका

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको