एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने | Khabarhub Khabarhub

एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।

पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्धान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ ।

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले सङ्गठन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उनले जानकारी दिए । 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : २१ बजे

घरभित्रै प्रहरी निगरानीमा नवराज सुवेदी, स्वागत नेपाल पक्राउ

काठमाडौं – राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल पक्राउ

दुर्गा प्रसाईं मोबाइल बन्द गरेर बेपत्ता, पक्राउ गर्न खोज्दै प्रहरी

काठमाडौं– राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर

जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो

भक्तपुर – पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी

सरकारद्वारा तीनकुने घटनाको भत्र्सना, छानबिन गरी कारबाही गर्ने निर्णय

काठमाडौं – सरकारले राजवादीहरुको समुहले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा गरेको

राप्रपा नेता रविन्द्र मिश्र र धवलशम्शेर पक्राउ

काठमाडौं – राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल