विवाद बढेपछि प्रेस चौतारीको कार्यक्रममा प्रधानमन्त्री नआउने « Khabarhub

विवाद बढेपछि प्रेस चौतारीको कार्यक्रममा प्रधानमन्त्री नआउने


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेतृत्व चयनमा तीव्र विवाद देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रेस चौतारी नेपालको विराटनगरमा आइतबारदेखि हुने दशौँ महाधिवेशनमा नआउने भएका छन् ।

उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाएर जाने निर्णय तीव्र विवादमा परेसँगै प्रधानमन्त्री ओली चौतारीको महाधिवेशन उद्घाटनमा नआउने भएका हुन् । 

चौतारीको महाधिवेशन अब एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन् । उनी आइतबार नै विराटनगर आइसकेका छन् । 

चौतारीमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेश राईले पनि तयारी गरिरहेका छन् । उनलाई ब्याक गराउन नेताहरू जोडबल गरिरहेका छन् । तर राईले कुनै हालतमा पछि नहट्ने बरू चुनावी प्रतिस्पर्धामा गएर हारजित स्विकार्ने अडान लिएका छन् ।

यसअघि एमाले मोरङको चुनावमा पनि ओलीले राजकुमार ओझालाई जिताउन निर्देशन दिएका थिए । तर पूर्वकेन्द्रीय सदस्य विनोद ढकालले आफ्नो प्यानल खडा गरेर अजम्ब राईलाई अध्यक्षमा उठाए ।

आफ्नो निर्देशन कार्यान्वयन नहुने भएपछि एमाले अध्यक्षसमेत रहेका ओली मोरङको अधिवेशनमा आएनन् । मोरङमा नेता ढकालले अघि सारेका अजम्ब राईले बहुमतसहित जित निकालेका थिए । 

पाण्डेलाई अध्यक्ष बनाउन एमाले अध्यक्षसमेत रहेका ओलीले निर्देशन दिएपछि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले निर्वाचनमा जान नदिई पाण्डेको नाम भित्तामा टाँसेर जाने बताइरहेका छन् ।

ढकाल र गौतमको यो अडानपछि महासचिव पोखरेलले नेताहरूसँग छलफल थालेका छन् । नेताहरू छलफलमा रहेकाले बिहान ११ बजे हुने भनिएको महाधिवेशन उद्घाटन समारोह अझै सुरू हुन सकेको छैन । 

एमालेका अध्यक्षका दाबेदार पाण्डेलाई प्रचार विभाग सचिव बनाएको १० दिनमै राजीनामा गर्न लगाएर चौतारीको अध्यक्षमा अघि सारिएको हो । 

बालुवाटारमा बसेर नेताहरूले पाण्डेलाई महाधिवेशनअघि नै भावी अध्यक्षका रूपमा घोषणा गरिएपछि प्रतिनिधिहरू पनि असन्तुष्ट देखिएका छन् । उनीहरूले लोकतान्त्रिक प्रक्रिया अर्थात् निर्वाचन प्रक्रियामा लगेर नयाँ नेतृत्व तय गर्नुपर्ने दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ११ : ५८ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार