भक्तपुरमा एक वृद्ध मृत भेटिए, हत्याको आशंका  « Khabarhub

भक्तपुरमा एक वृद्ध मृत भेटिए, हत्याको आशंका 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा कवाडीको काम गर्ने एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार आइतबार बिहान ५:५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडेमा एक वृद्धको शव फेला परेको हो ।

बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा खोटाङ केपिलासढी गाउँपालिका-२ का ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

राई बोडेमै बस्दै आएका थिए । उनी कवाडीको सामान टिप्ने गर्थे ।

न्यौपानेका अनुसार उनको दाहिने कान र टाउकोमा चोट देखिएको छ। प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।

‘शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको छ,’ न्यौपानेले भने।

हत्याको आशंकापछि प्रहरीले अनुसन्धान गर्ने क्रममा अहिलेसम्म कोही पक्राउ परेका भने छैनन्।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १ : ०८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा