प्रधानमन्त्री भन्छन्- विकासको गतिमा देश अगाडि बढिसकेको छ | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन्- विकासको गतिमा देश अगाडि बढिसकेको छ


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको  ‘टुगेदर फर टुमरोः युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने कि समस्याहरू छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।

‘हामीले थुप्रै मेडिकल कलेजहरू बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ ।  सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सक सपना देख्नुभएको छ, त्यो बन्ने प्रतीक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनु भएको छ, यो अहिलेको समयको उपलब्धि हो । हामी भावनात्मक ढंगले चल्नु हुँदैन, अहिले जति पनि समस्याहरू छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नु पर्छ।’

प्रधानमन्त्री ओलीले  उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रहसमेत गरे।

कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागिता थियो । उनीहरूले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस रूपमा प्रतिवेदन ल्याउन आग्रहसमेत गरेका छन् । त्यसलाई सरकारको आगामी  नीति तथा कार्यक्रम र बजेटमा समेटेर लाने प्रतिबद्धता उनको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : ५१ बजे

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाको प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्रिम बौद्धिकता (एआई)र उन्नत गणना

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु गैरराजनीतिक : महेश बर्तौला

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका

टेलिकमकाे एसईई अफर : विद्यार्थीलाई २० रुपैयाँमै नयाँ सिमकार्ड

काठमाडौं– नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरूका लागि

व्यभिचारपूर्वक गोरु मारिएपछि धनीको आक्रोश– अब मेरो ऋण कसले तिरिदिन्छ ?

इलामको सूर्योदय नगरपालिका–६, कन्याममा गतहप्ता जिउँदो गोरुको फिलाको मासु चोरेर