आयोजकलाई हराउँदै एपीएफ सेमिफाइनलमा | Khabarhub Khabarhub

आयोजकलाई हराउँदै एपीएफ सेमिफाइनलमा


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभागीय टोली एपीएफले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न खेलमा एपीएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गरेको हो । अब एपीएफले फाइनल प्रवेश गर्न संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्ने छ । यी दुईको खेल सोमबार हुनेछ ।

एपीएफ र रुपेन्देहीबीचको खेल शनिबार नै सकिने तय थियो। तर, खराब मौसमका कारण ६५ मिनेटपछिको खेल आइतबार खेलाइएको हो । एपीएफलाई अन्तिम चारमा पुर्‍याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १८औँ मिनेटमा गोल गरेका थिए ।  

खेलको ‘म्यान अफ द म्याच’ एपीएफका गोलकिपर विशाल गुरुङ घोषित भए । प्रतियोगिताको २३औँ संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । 

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार प्रदान गरिने छ । प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिम सहभागी छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ३ : १३ बजे

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता

रुसलाई लक्षित गर्दै दुई वटा आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको निर्देशन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई लक्षित गर्दै आफ्नो मुलुकका

पाकिस्तानको साथ लिएर भारतमाथि दबाब बढाउँदै अमेरिका

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई लक्षित गरी एकपछि अर्को

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

लुम्बिनी– नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रूपन्देहीको पर्रोहा

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेको सुन खानीहरूमा काम गरिरहेका